२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

सेनाको ब्यारेकमा ग्रेनेड विष्फोट : १ सैनिकको मृत्यु, अर्का गम्भीर घाइते

 

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थिति नेपाली सेनाको ब्यारेकमा ग्रेनेड विष्फोट हुँदा एकजना सैनिक जवानको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन् ।

स्रोतका अनुसार विष्फोटमा परी कञ्चनपुरका ३७ वर्षीय हिमालय विष्टको मृत्यु भएको छ भने धनगढी उपमहानगरपालिकाका ४२ वर्षीय हेमराज जैशी घाइते भएका हुन् ।  सुरक्षा स्रोतका अनुसार ब्यारेकभित्र सैन्य तालिम अर्थात्  नियमित कार्यक्रमका क्रममा अचानक ग्रेनेड विष्फोट हुँदा एक जवानको मृत्यु भएको भने एक घाइते भएका हुन् ।   विष्फोटमा परी घाइते भएका दुबै जनालाई तत्काल लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारकै क्रममा घाइते सेनाका जवानको ज्यान गएको हो । हेमराज जैशीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।