चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो ऐतिहासिक महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । पार्टीको निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुलातर्फ ३२ जनासहित विभिन्न समूहबाट गरी कुल ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
रास्वपाले स्थापनाकालपछि पहिलो पटक महाधिवेशनमार्फत लोकतान्त्रिक प्रक्रियाबाट नयाँ केन्द्रीय नेतृत्व चयन गरेको हो । सार्वजनिक मतपरिणामअनुसार रास्वपाका उपसभापति समेत रहेका डा स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले प्रवास र विद्युतीय मतदान (ई-भोटिङ) समेत गरी कुल २ हजार ६५६ मत प्राप्त गरेका छन् । त्यस्तै, मत परिणामअनुसार स्वर्णिमपछि सोविता गौतम दोस्रो, शिशिर खनाल तेस्रो र सागर ढकाल चौथो बढी मत ल्याउने उम्मेदवार बनेका छन् । संशोधित विधानअनुसार रास्वपाको पूर्ण केन्द्रीय समिति १५८ सदस्यीय हुने व्यवस्था छ । जसमा महाधिवेशनबाट ९९ जना प्रत्यक्ष निर्वाचित भएका हुन् भने बाँकी ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिबाट मनोनीत हुनेछन् । ७ जना प्रदेश सभापतिहरू भने पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहने प्रावधान छ । यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
कसले कति मत पाए हेर्नुहोस् :


















