२०८३ आश्विन ४ आईतवार
Search
२०८३ आश्विन ४ आईतवार

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम लिँदै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं,असौज ३ : प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम लिँदै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापका भरत चौलागाईं र दोलखाका बालिका शिवाकोटी छन् ।

नेपालबाट इजरायलमा केयर गिभरका लागि कामदार पठाउने भन्दै उनीहरूले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठगी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

प्रहरीका अनुसार नेपाल सरकार र इजरायल सरकारबीच भएको जीटुजी सम्झौताअनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाउने भन्दै उनीहरूले सन् २०२४ मा नेपाल सरकारले लिएको परीक्षामा सहभागी परीक्षार्थीमध्ये इजरायल जान लक्की ड्रमा नपरेका १५६ जना व्यक्तिलाई लक्षित गरेका थिए ।

उनीहरूले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गर्दै प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँ लिएर इजरायल पठाइदिने विश्वास दिलाएको प्रहरीको भनाइ छ। यसरी झुक्याई पीडितहरूबाट जम्मा २ करोड ५० लाख रुपैयाँ ठगी गरेको सम्बन्धमा प्रहरीमा जाहेरी परेको थियो ।

जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको सीआईबीले उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट कानुनी म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले लालबिहानीलाई बताएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।