काठमाण्डौ,असौज ३ : आज संविधान दिवस मनाइँदैछ।
आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ। नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि नेपालको संविधान, २०७२ जारी गरेको थियो।

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।
त्यसयता असोज ३ गतेलाई संविधान दिवसका रूपमा मनाइँदै आएको छ। यस दिवसमा सरकारले टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह राख्दै आएको छ।












