२०८३ आश्विन ४ आईतवार
Search
२०८३ आश्विन ४ आईतवार

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

 

काठमाडौँ : परराष्ट्र मन्त्रालयले गत जेठ दोस्रो साता विभिन्न मुलुकमा रिक्त नेपाली राजदूत तथा स्थायी प्रतिनिधिका लागि सार्वजनिक रूपमा आवेदन आह्वान गरेको थियो । जसमा ४ हजारभन्दा बढीले आवेदन दिएका थिए । दोहोरिएका र अपूर्ण आवेदन हटाएपछि उम्मेदवारको संख्या २ हजार ७ सयमा छोट्याइएको थियो । 

सरकारले पाँच महिनापछि शुक्रबार तीमध्येबाट १३ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा सिफारिस गरेको छ । यसमा भारत, चीन र अमेरिकाका लागि प्रस्तावित राजदूतसमेत छन् । बाँकी ९ राजदूतको सिफारिस परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्कबाट फर्किएपछि गर्ने तयारी छ । उनी संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन न्युयोर्क जाँदै छन् । 

सरकारले भारत, चीन र अमेरिकालगायत १३ वटा देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको हो । परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका योग्य र अब्बल व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएको जानकारी दिएका छन् ।
सिफारिस गरिएका राजदूतहरूलाई अब सरकारले संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउनेछ । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारले सम्बन्धित मुलुकहरूमा सहमतिका लागि (एग्रिमो) पठाउने कार्यतालिका छ। सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भइसकेपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत पदमा नियुक्ति गरिने कानुनी व्यवस्था छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा राजदूतमा सिफारिस भएका छन्। संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ ।
यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।