२०८३ आश्विन ५ सोमबार
Search
२०८३ आश्विन ५ सोमबार

सकिएन रास्वपा महाधिवेशन- संसद बैठक फेरि स्थगित

 

काठमाडौं : प्रतिनिधिसभाको आज पनि सूचना टासेर स्थगित हुने भएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद र मन्त्री महाधिवेशनका लागि चितवनमै हुँदा आज बैठक बस्न सम्भावना न्यून रहेको संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले लालबिहानीलाई बताए । 

उनले भने– ‘आजको बैठकमा मन्त्रीहरुले विधेयक पेस गर्ने र पारित गर्ने कार्यसूची छ। तर, महाधिवेशनका लागि उहाँहरु चितवनमै हुँदा बैठक बस्ने सम्भावना न्यून रहेको छ ।  तर, सूचना नआएसम्म यसै भन्न सकिन्न ।’ गिरीका अनुसार बैठक स्थगित भए सोमबार मात्रै बस्नेछ । 

आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३’ पेश गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक, २०८३, सहकारी पहिलो संशोधन विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गरिने कार्यसूची छ।

त्यसैगरी, आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल हुने तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ । 

यसैगरी  राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफाबार छलफल, संशोधनहरूमाथि निर्णय तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसअघि बिहीबार तय गरिएको बैठक विशेष कारण देखाएर सूचना टाँस गरी स्थगित गरिएको थियो । सत्तारुढ रास्वपाका अधिकांश सांसदहरू महाधिवेशनका लागि चितवनमा रहेकाले सदन प्रभावित भएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।