२०८३ आश्विन ५ सोमबार
Search
२०८३ आश्विन ५ सोमबार

अमेरिकाविरुद्ध टर्किएको सनसनीपूर्ण जित

 

काठमाडौं : विश्वकप २०२६ को रोमान्चक खेलमा अमेरिका टर्कीसँग ३-२ ले पराजित भएको छ ।  समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा सह-आयोजक संयुक्त राज्य अमेरिका (USA) टर्कीसँग ३-२ गोलले स्तब्ध भयो । 

लस एन्जलस स्टेडियम (सोफाइ स्टेडियम) मा ७०,४९२ दर्शकमाझ खेलिएको यस उच्च प्रतिस्पर्धात्मक खेलमा टर्कीले थप गरिएको अतिरिक्त समयको आठौँ मिनेटमा गोल गर्दै सनसनीपूर्ण जित निकाल्यो ।

यसअघि नै लगातार दुई खेल जितेर नकआउट चरण (राउन्ड अफ ३२) मा स्थान पक्का गरिसकेको अमेरिकी टोलीले आज धेरैजसो वैकल्पिक खेलाडीहरूलाई मैदान उतारेको थियो। 
अर्कोतर्फ, प्रतियोगिताबाट बाहिरिसकेको टर्कीले भने प्रतिष्ठाका लागि खेल्दै सान्त्वना जित हात पार्यो। खेल सुरु भएको तेस्रो मिनेटमै अमेरिकाका अस्टन ट्रस्टी (Auston Trusty) ले गोल गर्दै घरेलु दर्शकलाई उत्साहित बनाएका थिए।

खेलको १० औँ मिनेटमा टर्कीका युवा स्टार आर्दा गुलेर (Arda Güler) ले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसपछि ३१ औँ मिनेटमा बारिस अल्पेर यिल्माज (Barış Alper Yılmaz) ले गोल गरेपछि टर्कीले पहिलो हाफमा २-१ को अग्रता लियो ।

 दोस्रो हाफ सुरु भएको केही मिनेटमै अर्थात् ४९ औँ मिनेटमा अमेरिकाका सेबास्टियन बर्हाल्टर (Sebastian Berhalter) ले उत्कृष्ट गोल गर्दै खेल २-२ को रोमाञ्चक स्थितिमा पुर्याए ।  खेल बराबरीमा सकिने अनुमान गरिरहँदा, इन्जुरी समयको ९०+८ मिनेटमा टर्कीका कान आयहान (Kaan Ayhan) ले निर्णायक गोल गर्दै टर्कीलाई ३-२ को जित दिलाए ।हारका बाबजुद अमेरिका समूह ‘डी’ को विजेता बन्दै अर्को चरणमा प्रवेश गरिसकेको छ भने टर्कीको विश्वकप यात्रा यहीँ सकिएको छ ।  अब नकआउट चरणमा अमेरिकाको सामना बोस्निया र हर्जगोभिनासँग हुनेछ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।