२०८३ आश्विन ५ सोमबार
Search
२०८३ आश्विन ५ सोमबार

प्रचण्ड,माधव नेपाल र शेखर कोइरालाबीच भेटवार्ता

 

विराटनगर : विराटनगरमा तीन नेताबीच गोप्य राजनीतिक संवाद भएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच शुक्रबार बिहान विराटनगरमा भेटवार्ता भएको हो । 

विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था,पछिल्ला राजनीतिक घटनाक्रम, संसद्को भूमिका तथा राष्ट्रिय सरोकारका विविध विषयमा गम्भीर छलफल भएको जनाइएको छ । 

पछिल्ला केही सातायता देशको राजनीतिक परिस्थितिलाई लिएर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच निरन्तर संवाद र परामर्श भइरहेका बेला विराटनगरमा सम्पन्न यो भेटलाई राजनीतिक हिसाबले अर्थपूर्ण रूपमा हेरिएको छ ।  विशेषगरी बदलिँदो राजनीतिक समीकरण,संसद्को प्रभावकारी सञ्चालन तथा राष्ट्रिय मुद्दामा दलहरूबीच सहकार्यको आवश्यकताका विषयमा नेताहरूले धारणा आदानप्रदान गरेको अनुमान गरिएको छ । यद्यपि, भेटका क्रममा कुन–कुन विषयमा के निष्कर्षसहित छलफल भयो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । सहभागी नेताहरूले पनि कुनै प्रतिक्रिया दिएका छैनन् । 

राजनीतिक वृत्तमा भने वर्तमान सरकारको कार्यसम्पादन,संसद्को प्रभावकारिता,राष्ट्रिय सहमति आवश्यक पर्ने विषय तथा मुलुकको समग्र राजनीतिक दिशाका बारेमा तीन नेताबीच खुला रूपमा विचारविमर्श भएको हुन सक्ने चर्चा छ । 

औपचारिक विवरण सार्वजनिक नभए पनि देशको राजनीतिक परिवेश संवेदनशील बन्दै गइरहेका बेला फरक राजनीतिक धारका प्रभावशाली नेताहरूबीच विराटनगरमा भएको भेटलाई आगामी राजनीतिक घटनाक्रमसँग जोडेर चासोका साथ हेरिएको छ ।
 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।