२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

न्युजिल्याण्डविरूद्ध ५ गोल गर्दै बेल्जियम समूह विजेता

 

काठमाण्डौ   ।   बेल्जियम फिफा विश्वकप-२०२६ को नक आउट चरणमा प्रवेश गरेको छ । शनिबार बिहान न्युजिल्याण्ड विरूद्ध सानदार जित निकाल्दै बेल्जियम समूह विजेता बनेर नक आउट चरणमा प्रवेश गरेको हो । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेसमा बेल्जियमले न्युजिल्याण्डमाथि ५-१ गोलको जित निकाल्यो ।

खेलको २८ औं मिनेटमा लिएनद्रो ट्रोसार्डले गोल गरी टोलीलाई सुरूवाती अग्रता दिलाएका थिए। ५० मिनेटमा उनैले बेल्जियमको अग्रता दोब्बर पारे ।

६६ मिनेटमा केभिन डि ब्रुएनले गोल गर्दै बेल्जियमलाई ३-० को अग्रता दिलाएका थिए । न्युजिल्याण्डका इलिजाह जस्टले ८४ मिनेटमा गोल फर्काएका थिए ।  ८६ मिनेटमा रोमेलु लुकाकुले गोल थपे। निर्धारित समयपछि थप गरिएको चौथो मिनेट (९०+४)मा एलेक्सिस सेलमेइकर्सले गोल गरेपछि बेल्जियमले ६-१ को जित निकालेको हो । जितसँगै समूह जीमा ५ अंक जोड्दै बेल्जियम समूह विजेता बनेर नक आउट प्रवेश गरेको हो । पराजित भएको न्युजिल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।