२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको दुर्घटनामा मृत्यु

 

भालुबाङ्ग। प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ । 

स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु।प्र।०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु भएको हो ।  प्रहरीका अनुसार उपप्रमुख राना आफैंले जिप चलाइरहेका बेला सवारी साधन सडकबाट तल खसेर दुर्घटनामा परेको थियो ।  जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी नरहरि अधिकारीले उपप्रमुख राना नगरपालिकाको सवारी साधन लिएर अनुगमनका लागि निस्किएका बेला दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको रातोपाटीलाई बताए । 

घटनास्थलमा  प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली पुगिरहेको डीएसपी अधिकारीले जानकारी दिए । 
 
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।