२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

कालिकोट जाँदै गरेको माइक्रो कर्णाली नदीमा खस्यो

 

सुर्खेत : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत साङ्गेतरा क्षेत्रमा रहेको कर्णाली राजमार्गमा माइक्रो दुर्घटना भएको छ। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा  खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रबणकुमार बिकले जानकारी दिए ।

कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स माइक्रो सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ । गाडीका चालक तुलाराम सुवेदी रहेको बुझिएको छ ।  प्रारम्भिक विवरणअनुसार गाडीमा चालकसहित पाँचजना सवार रहेको बुझिएको छ । घटनास्थलबाट एकजना पुरुषको उद्दार भइरहेको छ।अन्य यात्रुहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। दुर्घटनाको कारण र  क्षतिको विवरण आउन बाँकी छ । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।