२०८३ आश्विन ५ सोमबार
Search
२०८३ आश्विन ५ सोमबार

खामेनीको अन्तिम शोक यात्रामा दसौं लाख नागरिक सहभागी

 

काठमाण्डौ । इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम शोकयात्रा लाखौं नागरिकहरू सहभागी भएका छन् । सार्वजनिक शोकयात्राका लागि सोमबार अन्तिम दिन हो ।

शुक्रबारदेखि सुरु भएको अन्त्येष्टि कार्यक्रमअन्तर्गत तेहरानमा विदेशी उच्च अधिकारी तथा प्रतिनिधिमण्डलले श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि दुई दिनसम्म ग्रान्ड मुसल्लामा सर्वसाधारणका लागि अन्तिम श्रद्धाञ्जलीको व्यवस्था गरिएको थियो । आइतबार त्यहीँ वरिष्ठ इरानी अधिकारीहरूको उपस्थितिमा खामेनी र उनका परिवारका सदस्यहरूको अन्तिम प्रार्थना सम्पन्न भएको थियो।सर्वसाधारणका लागि श्रद्धाञ्जली दिन तोकिएको अन्तिम दिनमा अझै धेरै मानिसहरुको सहभागिता रहेको इरानी सञ्चारमाध्यम तस्निम न्युजले जनाएको छ । बेलायती पत्रिका गार्डियनले पनि दसौं लाख मानिसहरू अन्तिम शोक यात्रामा सहभागी भएको भनेर समाचार लेखेको छ । 

अमेरिकी समाचार संस्था एसोसियटेड प्रेसले खामेनीको शोक यात्रामा सहभागी हुनेको संख्या सन् २०२० मा कासिम सुलेमानीको अन्त्येष्टिभन्दा पनि ठूलो हुन सक्ने टिप्पणी गरेको छ । 

अन्य अन्तर्राष्ट्रिय मिडियाहरूले अन्त्येष्टिमा अत्यन्त विशाल भिड देखिएको भनेका छन् ।  सोमबार बिहानैदेखि दमावन्द सडक, इमाम हुसेन स्क्वायर, इन्केलाब सडक, अजादी सडक, अजादी स्क्वायर र शाहिद लश्करी राजमार्ग हुँदै लाखौं मानिस शोकयात्रामा सहभागी हुन सडकमा ओर्लिएका थिए ।

अत्यधिक भीडका कारण खामेनीको शव बोकेको सवारी तेहरानको अजादी स्क्वायरमा केही समय रोकिएको छ।

सोमबार अन्तिम शोकयात्रा पश्चात अन्त्येष्टि कार्यक्रम इरानको पवित्र सहर कोम र त्यसपछि छिमेकी इराकका शिया धर्मावलम्बीका प्रमुख धार्मिक सहर नजफ र करबलामा जारी रहनेछ ।

बिबिसीले यो केवल अन्त्येष्टि नभई इरानी नेतृत्वले सावधानीपूर्वक आयोजना गरेको राजनीतिक सन्देशसमेत भएको भनेको छ ।

नयाँ नेतृत्वले लाखौं शोकाकुल नागरिकको सहभागितामार्फत इरान अझै बलियो र प्रतिरोधका लागि प्रतिबद्ध रहेको सन्देश देशभित्र र बाहिरी विश्वलाई दिन खोजेको विश्लेषण बिबिसीले गरेको छ।

कार्यक्रमअनुसार मंगलबार शवयात्रा कोम पुग्नेछ भने बुधबार नजफ र करबलामा श्रद्धाञ्जली कार्यक्रम हुनेछ। त्यसपछि बिहीबार खामेनीको पार्थिव शरीर मशहदस्थित इमाम रेजाको पवित्र समाधिस्थल नजिक अन्त्येष्टि गरिनेछ ।

आयतोल्लाह अली खामेनीको फेब्रुअरी २८, २०२६ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको थियो ।

त्यसयता इरानभर शोकसभा र श्रद्धाञ्जली कार्यक्रम सञ्चालन भइरहेका छन्। सोमबारको शोकयात्रामा सहभागी धेरैले रातो झण्डा बोकेका थिए, जसलाई खामेनीको हत्याको प्रतिशोधको प्रतीकका रूपमा हेरिएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।