काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हिँड्नेहरूको मात्र नभएको टिप्पणी गरेका छन् ।
सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । कोही पनि नागरिकको बसोवास कानूनी हुनसक्ने तर कुनै नागरिकको जन्म गैरकानूनी हुन नसक्ने बताए ।
सुकुमवासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गर्न माग गरे। समाधानको नाममा हजारौँ सुकुमवासी र अव्यवस्थित बसोवासी नागरिकलाई वर्षा यामको मुखमा वैकल्पिक व्यवस्था बिना विस्थापित गर्नु सरकारको संवेदना शुन्य भएको लक्षण भएको बताए ।
व्यवस्थापनको नाममा सुकुमवासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने तर पछि रातारात धपाउने कुरा राम्रो नभएको बताए ।
नेता आङदेम्बेले यो देश सुकुमवासी अव्यवस्थित बसोवासी गरिब किसान र मजदुरहरूको यो देश होइन ? भन्दै प्रश्न गरे ।












