२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

अमेरिकाले गर्‍यो इरानमा शक्तिशाली हवाई हमला

 

काठमाडौं : हर्मुज जलडमरूमध्यमा व्यावसायिक ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिकाले इरानमा हवाई हमला गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले मंगलबार राति अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकले सञ्चालन गरिरहेका व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफी सैन्य कारबाही सुरु गरिएको जनाएको हो।

सेन्टकमले इरानले गरेको आक्रमणलाई अनुचित, खतरनाक तथा युद्धविरामको स्पष्ट उल्लंघन भएको दाबी गरेको छ। व्यावसायिक जहाजलाई निशाना बनाउने कार्यको मूल्य इरानले चुकाउनुपर्ने पनि अमेरिकाले चेतावनी दिएको छ।

इरानका उपविदेशमन्त्रीले भने अमेरिकी आक्रमणलाई गत महिना अमेरिका र इरानबीच भएको समझदारीको उल्लंघन भएको बताएका छन्। उनले तेहरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न आवश्यक र निर्णायक कदम चाल्ने चेतावनी दिएका छन्।

अमेरिकाद्वारा इरानमा फेरि हवाई हमला, सिरिक, केश्म र बन्दर अब्बास सहर निशानामा
 
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण किश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा भएको छ। सैन्य कारबाहीअघि अमेरिकाले मंगलबार इरानमाथिको तेल प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाउने अनुमति (वेभर) पनि रद्द गरेको थियो। उक्त अनुमति गत महिना भएको अमेरिका–इरान समझदारीअन्तर्गत इरानलाई तेल तथा पेट्रोलियम पदार्थ बिक्री गर्न दिइएको थियो ।

इरानको विदेश मन्त्रालयले अमेरिकाको उक्त निर्णयलाई समझदारीको उल्लंघन भएको भन्दै वाशिङ्टनको ‘खराब नियत, असंगत नीति र अविश्वसनीय व्यवहार’ को प्रमाण भएको प्रतिक्रिया दिएको छ।

यसैबीच अमेरिका, कतार र साउदी अरेबियाले इरानमाथि ट्यांकर आक्रमणको आरोप लगाएका छन्। इरानले आरोप अस्वीकार गरेको छ। कतारले ‘अल–रेकय्यात’ नामक जहाज र साउदी अरेबियाले ‘वदयान’ नामक तेल ट्यांकर हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा निशानामा परेको जनाएको छ।

कतारले इरानलाई क्षेत्रीय सुरक्षामा असर पार्ने गतिविधि तत्काल रोक्न र विश्व ऊर्जा आपूर्तिलाई जोखिममा नपार्न आग्रह गरेको छ। यता इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले कतारको आरोपलाई ‘असल छिमेकी सम्बन्धको सिद्धान्तविपरीत’ भएको बताए। उनका अनुसार इरानसँग समन्वय नगरी सञ्चालन गरिएका वा जहाजको ट्र्याकिङ प्रणालीमा हस्तक्षेप गरिएका व्यावसायिक जहाजहरू दुर्घटनाको जोखिममा पर्न सक्छन्।

बेलायतको यूके म्यारिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार सोमबार एउटा तेल ट्यांकरको इन्जिन कोठामा अज्ञात प्रक्षेप्य लागेपछि आगलागी भएको थियो। मंगलबार भएका दुई छुट्टाछुट्टै घटनामा एउटा ट्यांकर प्रहारमा परे पनि सुरक्षित रूपमा गन्तव्यतर्फ अघि बढ्न सफल भएको र अर्को ट्यांकरमा सामान्य संरचनात्मक क्षति पुगेको जनाएको छ ।

गत महिना अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारीले दुवै देशबीचको युद्धविरामलाई निरन्तरता दिएको थियो। त्यसमा सबै मोर्चामा द्वन्द्व अन्त्य गर्ने, इरानले कहिल्यै आणविक हतियार विकास नगर्ने तथा इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि ३०० अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने प्रस्ताव गरिएको थियो । यस घटनापछि मध्यपूर्वमा फेरि तनाव चुलिएको छ । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।