२०८३ श्रावण १४ बिहीबार
Search
२०८३ श्रावण १४ बिहीबार

कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी

 

इसलामाबाद । पाकिस्तानको दक्षिणी सहर कराँची नजिक समुद्री क्षेत्रमा सम्पर्कविहीन भएको एउटा कार्गो विमानको खोजी कार्य भइरहेको छ ।

विमानमा पाँच जना चालकदलका सदस्य सवार रहेको पाकिस्तानी उड्डयन अधिकारीहरूले बताएका छन् । पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार बोइङ ७३७ कार्गो विमान मंगलबार राति स्थानीय समयअनुसार ९ः२१ बजे तेज गतिमा झरेर हवाई यातायात नियन्त्रण कक्षसँगको सम्पर्कबाट बाहिरिएको थियो । उक्त विमान संयुक्त अरब इमिरेट्सको शारजाहबाट कराँचीतर्फ उडिरहेको थियो ।

कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
 
प्राधिकरणका अनुसार सम्पर्क टुट्नुभन्दा केही मिनेटअघि विमानले आफ्नो नेभिगेसन प्रणालीमा समस्या आएको जानकारी गराएको थियो । सम्पर्कविहीन विमान के–टु एयरवेज नामक कराँचीस्थित निजी कार्गो वायुसेवाले सञ्चालन गरिरहेको थियो ।
बुधबार जारी विज्ञप्तिमा विमानमा रहेका पाँचै जना चालकदल सदस्यको परिचय सार्वजनिक गर्दै कार्गो कम्पनीले खोजी तथा उद्धार कार्यमा पाकिस्तान नागरिक उड्डयन प्राधिकरण र अन्य सरकारी निकायसँग पूर्ण सहयोग गरिरहेको जनाएको थियो ।
उडान निगरानी गर्ने प्लेटफर्म फ्लाइटराडार२४को प्रारम्भिक तथ्यांकअनुसार विमानको उडान उचाइमा असामान्य उतारचढाव देखिएपछि अचानक तीव्र रूपमा तल झरेको थियो । हराइरहेको विमानको खोजीका लागि पाकिस्तान नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकाय परिचालन गरिएको विमानस्थल प्राधिकरणले जनाएको छ । 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।