२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

पेस्तोल, म्याग्जिन र ३ राउण्ड गोलीसहित दुई जना पक्राउ

 

सुनसरी : सुनसरी प्रहरीले अवैध हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशबकुमार थेबेले बुधबार बिहान १०: २० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका–१ मधेली स्थित झण्डा चोक क्षेत्रमा पैदल हिँडिरहेका दुई जनालाई शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट पेस्तोल, म्याग्जिन र गोली बरामद गरेको जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा  ५१ बर्षीय नुर महमद र ३२ बर्षीय मोहमद अहमद (इम्रान खान) रहेको एसपी थेबेले बताए । उनीहरू दुवै मोरङको विराटनगर महानगरपालिकाका बासिन्दा हुन् । उनीहरूको साथबाट चाइनिज पेस्तोल एकथान, सोही पेस्तोलमा प्रयोग हुने एक थान म्याग्जिन र ३ राउण्ड गोली बरामद गरेको एसपी थेबेले बताएका छन्  ।

हतियारसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहवीमा राखी थप अनुसन्धान भइरहेको एसपी थेबेले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका नुर महमद यसअघि हातहतियार तथा खरखजाना र जबर्जस्ती करणी उद्योग मुद्दामा दोषी ठहर भई १२ वर्ष कैद सजाय भुक्तान गरिसकेको खुलेको प्रहरीले जनाएको छ । त्यस्तै मोहमद अहमद उर्फ इमरान खानविरुद्ध २०७५ सालमा चोरी मुद्दा दर्ता भएको अभिलेख समेत फेला परेको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।