२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

विश्व बजारमा कच्चा तेलको मूल्य ५ प्रतिशतले बढ्यो

 

न्यूयोर्क : इरानसँगको तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी समाप्त भएको घोषणा गरेपछि मूल्य उकालो लागेको हो ।

अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ डलर ८२ सेन्टले बढेर ७७ डलर ९८ सेन्ट पुगेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ५.१५ प्रतिशतले बढी हो। त्यसैगरी, न्यूयोर्कस्थित बजारमा वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य पनि ३ डलर ७० सेन्टले बढेर प्रतिब्यारेल ७४ डलर १४ सेन्ट पुगेको छ, जसमा ५.२५ प्रतिशतको वृद्धि भएको छ। यो मूल्य दुवै सूचकका लागि जुन २३ यताकै उच्च स्तर मानिएको छ ।

अमेरिकाले इरानी कच्चा तेल बिक्रीको अनुमति दिने सामान्य इजाजतपत्र रद्द गरेपछि मंगलबार पनि तेलको मूल्य करिब ३ प्रतिशतले बढेको थियो । त्यसपछि ट्रम्पले इरानसँग थप वार्ताको सम्भावना नरहेको बताएपछि बजारमा अनिश्चितता झन् बढेको हाे । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।