२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

विश्वकपको सेमिफाइनल पुगेका चार, फ्रान्स, स्पेन, इंग्ल्यान्ड र अर्जेन्टिना

२८ असार, काठमाडौं ।  ४८ टोलीबाट सुरु भएको फिफा विश्वकप २०२६ अब अन्तिम चार टोलीमा आइपुगेको छ । एक महिनाभन्दा लामो प्रतिस्पर्धा, दर्जनौं रोमाञ्चक खेल र थुप्रै अप्रत्याशित नतिजापछि फ्रान्स, स्पेन, इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका छन् ।

क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदा स्पेनले बेल्जियममाथि २–१ को कठिन जित निकाल्यो । इंग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले पन्छायो भने अर्जेन्टिनाले पनि अतिरिक्त समयसम्म पुगेको खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्‍यो । अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन तथा दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना भिड्नेछन् । संयोग यस्तो छ कि अन्तिम चारमा पुगेका सबै टोली विश्व फुटबलका स्थापित शक्ति हुन् । चारै टोलीले यसअघि विश्वकप जितिसकेका छन् । फ्रान्स तेस्रो, स्पेन र इंग्ल्यान्ड दोस्रो तथा अर्जेन्टिना चौथो उपाधिको खोजीमा छन् ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।