२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

 

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । बिहीबार प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ११ जना सांसद र सत्तारुढ नेपाली कांग्रेसका ५ जना सांसद गरी कुल १६ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।  

नेपालको संविधानको धारा १८८ को उपधारा (४) र (५) बमोजिम मुख्यमन्त्री कँडेलले प्रदेशसभाको विश्वास गुमाएको दाबी गर्दै यो प्रस्ताव दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कसरी बदलियो समीकरण ?

कर्णाली प्रदेश सरकारमा बुधबार मात्रै नेपाली कांग्रेसका तर्फबाट सहभागी ४ जना मन्त्रीहरूले राजीनामा दिएका थिए । मन्त्रीहरूले राजीनामा दिए पनि कांग्रेसले सरकारलाई दिएको समर्थन भने औपचारिक रूपमा फिर्ता लिइसकेको थिएन । तर बिहीबार नाटकीय रूपमा कांग्रेसका ५ जना सांसदहरू प्रतिपक्षी दलहरूसँग मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेका हुन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरूमा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसदहरू समेत रहेका छन् । विपक्षी दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बताए ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।