काठमाडौं : मेक्सिकोको दक्षिणी तट नजिकै शुक्रबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि प्रशान्त महासागरका केही क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।
अमेरिकी सुनामी चेतावनी प्रणालीका अनुसार भूकम्पका कारण मेक्सिको र ग्वाटेमालाको तटीय क्षेत्रमा सामान्यभन्दा ०.३ देखि १ मिटरसम्म अग्लो र खतरनाक सुनामीको छाल आउन सक्ने सम्भावना छ ।
दक्षिणी मेक्सिकोको ओआक्साका राज्यका गभर्नर सालोमोन जारा क्रुजले भूकम्पको धक्का मध्यम खालको महसुस गरिएको बताएका छन्। राहतको कुरा यो छ कि हालसम्म कुनै ठूलो धनजनको क्षतिको विवरण प्राप्त भएको छैन ।

अन्तर्राष्ट्रिय सतर्कता प्रणाली (अलर्ट सिस्टम) ले जोखिमयुक्त तटीय क्षेत्रका सरकारी निकायहरूलाई सर्वसाधारणलाई तत्काल सतर्क गराउन र आवश्यक सुरक्षाका उपायहरू लागू गर्न आग्रह गरेको छ। साथै, तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई आधिकारिक सूचनाहरूमा मात्र ध्यान दिन र स्थानीय प्रशासनको निर्देशन कडाइका साथ पालना गर्न अपिल गरिएको छ।












