२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

बागमती सरकारबाट बाहिरिँदै एमाले

 

काठमाडाैँ : बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएकाे छ। केन्द्रकाे निर्देशन अनुसार एमाले बागमती संसदीय दलले आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेकाे छ। 

एमाले बागमतीका संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएका हुन् । कांग्रेस एमाले सत्ता गठबन्धनमा दरार पैदा भएपछि एमाले बाहिरिन लागेकाे हाे । 

कांग्रेसका इन्द्र बानियाँ नेतृत्वकाे बागमती सरकारमा एमालेका ६ जना मन्त्री रहेका छन् । एमालेबाट कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटा रहेका छन् भने विना विभागीय तर्फ किरण थापा मगर, जयराम श्रेष्ठ र भरत बहादुर केसी मन्त्री रहेका छन्। 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।