श्रावण महिना २ गते । सुर्य पृथ्वीको उत्तरी गोलाद्र्घमा कोरिएको काल्पनिक रेखा कर्कट रेखा देखि दक्षिणतिर लागेको दुईदिन भयो । अथवा हिजो श्रावण १ गते साउने सकराती(साउने सकराई÷साउने सङकराई अथवा उधेली पर्व, जसलाई नेपालको तेस्रो ठुलो जनसंख्य भएको मगर जातिको मौलिक साँस्कृतिक चाडपर्वका रुपमा बेसरी मनाउने गर्दछन ।

प्राय अठार मगरात क्षेत्र पुर्वि रुकुम तकसेरा रोल्पाको थबाङ्ग गाउँ पालिकाको उवा खोला, घोराबाङ्ग,सुनछहरी गाउँपालिकाको १ नं. वडा घुसबाङ्ग तिर यो पर्व १ देखि ५,६ दिन सम्म रमाइलो गर्ने, सयौको संख्यमा गोलो भएर नाच्ने, रमाइलो गर्ने गर्छन यस नाचलाई नोकोबाङ्गे पनि भन्छन ।

अहिले आएर देशका बिभिन्न मगर बस्तिभएकोठाउँहरुमा पनि मनाउने गर्दछन । जस्तै हिजो मात्रै अथार मगरात मगर प्रतिस्ठानको आयोजना तथा काठमाण्डौ उपत्यकामा क्रियशिल विभिन्न संघसंस्थाहरुको सह–आयोजनामा त्रिभुवन पार्क थानकोटमा पुर्व अर्थमन्त्रि तथा संघिय सांसद वर्षमान पुनको प्रमुख आतिथ्यमा साउने संक्राती २०८३ सम्पन्न भएको छ । घोराही –१३ तुरन्तपुरमा राल्ेपाली सेवा समाज दाङ्गको आयोजनामा प्रमुख अतिथी घोरही उप मा.न.पा.को मेयर नरुलाल चौधरी साथै घोरही– घोराही १३ रातामाटामा वाली धुसबाङ्गी खाम समाजले आयोेजना गरेको राँके तिहार मेलाका प्रमुख अतिथी नेपाल मगर संघ लुम्बिनी प्रदेशका अध्यक्ष खलु प्रसाद पुन मगर थियो ।

रोल्पा थबाङ्ग– ५ उवा खोलामा पनि का.वा. अध्यक्ष बुद्घिबहादुर घर्तिको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बिभन्न खेलकुदहरु पनि समाबेस गरिएको अध्यक्ष लुकुमन घर्तिले लालबिहानीलाई बताउनु भयो ।
४ नं.वडा घोराबाङ्गमा भने आज २ गते देखी सुरु हुने भन्ने थियो तर सुरु भयो कि भएन त्यहाँका अध्यक्ष हिकमतलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

यसै गरि सुनछहरी गाउँ पालिका १ नं.वडा घुसबाङ्गमा पनि झरी पानीमा पनि निकै रमाइलो भइरहेको त्याहाँ स्थानिय पुस्तमान घर्तिले लालबिहानीलाई जानकारी गराउनु भयो ।












