२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

बाढीपहिरोले बिपी राजमार्ग र कान्ति लोकपथ बन्द

३ साउन, काठमाडौं । बाढीपहिरोका कारण बीपी राजमार्ग र कान्तिलोकपथ बन्द भएको छ ।

कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरमा पहिरो खस्दा सवारी आवागमन रोकिएको छ । प्रहरीका अनुसार चापागाउँ हुँदै हेटौंडातर्फ जाने बाटो बन्द छ । यस्तै बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा र रोशी खोलामा पानीको बहाव बढ्दा सवारी आवागमन पूर्णरुपमा रोकिएको छ । जोखिमका कारण काभ्रे हुँदै सिन्धुलीतर्फ जाने बाटोमा प्रहरीले सवारी साधनहरुलाई होल्ड गरेको छ ।

अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पहिरो जाँदा र भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडक भासिदा सवारी आवागमन प्रभावित भएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।