काठमाडौं : फिफा विश्वकप २०२६ को नयाँ विश्वविजेता चुन्नका लागि साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच आइतबार (नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजे) न्यूयोर्क न्यू जर्सी स्टेडियममा महाभिडन्त हुँदैछ।
शैली र रणनीतिका हिसाबले भिन्न मानिएका यी दुई फुटबल महाशक्तिबीचको फाइनललाई यस दशककै प्रतीक्षित खेलका रूपमा हेरिएको छ।

यो फाइनल अर्जेन्टिनी कप्तान लियोनेल मेसीका लागि विशेष भावनात्मक मोड पनि हो, किनकि उनले आफ्नो उर्जावान् र स्वर्णिम फुटबल करियरको झन्डै दुई दशक स्पेनमै बिताएर विश्व फुटबलमा साम्राज्य खडा गरेका थिए ।












