काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) श्रीलंकाको भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । उनी आइतबार दिउँसो करिब १२ बजे काठमाडौं आइपुगेका हुन् ।
प्रचण्ड गत असार ३१ गते ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रीलंका प्रस्थान गरेका थिए । भ्रमणका क्रममा उनले श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित क्षेत्रीय स्थायित्व तथा आर्थिक उत्थान शीलता सम्बन्धी एसियाली संवादमा सहभागिता जनाएका थिए ।












