२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

गोली चल्यो, एक जना घाइते

 

काठमाडौँ । राजधानीको टेकुमा गोली चलेको छ । काठमाडौँ महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिकै प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो । प्रहरीका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् । 

 

लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको टोलीमाथि आक्रमण प्रयास भएपछि प्रहरीले गोली चलाउँदा एक जना भारतीय नागरिक घाइते भएको ब्यूरोका एक अधिकारीले जानकारी दिए । प्रहरीले घाइतेसहित तीन जनालाई पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरूको साथबाट टेपान्डोल नामक २४ हजार ७०० एम्पुल लागऔषध बरामद भएको छ । प्रहरीले दुई जना नेपाली नागरिक र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।