२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

नेपाल र नेदरल्यान्ड्स भिड्दै

 

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको दोस्रो खेलमा आज नेपालले आयोजक नेदरल्यान्ड्ससँग् खेल्दैछ । 

युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा हुने यो ११६औँ म्याच नेपाली समय अनुसार दिउँसो २.४५ बजेदेखि सुरु हुनेछ ।

नामिबिया विरुद्धको पहिलो खेलमा ८ विकेटको हार व्यहोरेको नेपाली टोली आजको खेल जित्दै उत्कृष्ट पुनरागमन गर्ने रणनीतिमा छ ।

नेपाल घरेलु मैदानमा दुई सिरिज खेल्नुअघि सातौँ स्थानमा थियो ।  नेपालले साउन ११ गते नामिबिया र १३ गते पुनः नेदरल्यान्ड्सँग खेल्नेछ ।

पाँचौँ स्थानमा रहेको नेपालले २८ खेलबाट २४ अङ्क बनाएको छ । समान खेलबाट ३२ अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो र २४ अङ्क बनाएको नामिबिया सातौँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अङ्क छ । यस्तै दोस्रो स्थानमा रहेको स्कटल्यान्डको ३२ खेलबाट ३८ अङ्क छ । चौथो स्थानमा रहेको ओमानको ३२ खेलबाट ३१, नेपालपछिअ छैटौँ स्थानमा रहेको क्यानडाको ३२ खेलबाट २४ र २४ खेलबाट १४ अङ्क बनाएको युएई तालिकाको आठौँ एवं अन्तिममा छ। 

नेपाललाई शीर्षचारमा परेर चालु विश्वकप लिग–२ बाट विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः चयन हुन बाँकी सबै खेल जित्नुपर्ने बाध्यता छ । 

यस प्रतियोगिताबाट एकदिवसीय मान्यता प्राप्त गर्न भने शीर्ष ६ स्थानमा अटाए पुग्ने प्रावधान पनि रहेको छ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।