काठमाडौँ : व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । आज उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा अग्रवाललाई थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले थुनामा पठाएको अदालत प्रशासनले जानकारी दिएको छ।
उनलाई हिजो मात्रै सिआइबीले पक्राउ गरी अदालतमा बुझाएको थियो। उनी उक्त मुद्दामा फरक अभियुक्त थिए ।












