२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

संसद्‌वादमा आत्मसमर्पण गर्दैनौं, कमरेड विप्लव

 

कपिलबस्तु  ८ साउन, । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले क्रान्तिकारी बाटोबाट पछि नहट्ने बताएका छन् ।

रुपन्देहीको भैरहवामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था र वैदेशिक हस्तक्षेपविरुद्ध आफ्नो पार्टी निरन्तर लडिरहने बताएका हुन् । कार्यक्रममा बोल्दै महासचिव विप्लवले संसदीय राजनीतिले देश र जनताका वास्तविक समस्या समाधान गर्न नसकेको दाबी गरे ।

वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई स्वाधीन बनाउनुको साटो झन्–झन् परनिर्भर र संकटग्रस्त बनाएको उनको तर्क थियो ।

‘संसद्‌वादी हुनुभन्दा एक्लै भएपनि देश र जनताको पक्षमा लड्दा-लडदै बलिदान गरिन्छ,’ कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा विप्लवले भने, ‘तर, संसद्‌वाद र साम्राज्यवादसँग आत्मसमर्पण गरिँदैन ।’

 

विप्लवले क्रान्ति र परिवर्तनको यात्रामा उतारचढाव आएपनि सिद्धान्त र निष्ठा छाडेर संसदीय दलदलमा नफस्ने स्पष्ट पारे । देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारका लागि सम्झौताहीन संघर्ष नै आफ्नो पार्टीको मुख्य कार्यदिशा रहेको उनले बताए । नेपालको वर्तमान आर्थिक तथा राजनीतिक संकटको मुख्य कारण दलाल पुँजीवाद र वैदेशिक हस्तक्षेप भएको उल्लेख गर्दै उनले देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकतामा जोड दिए ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।