२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखको आह्वान

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले आज आइतबार सूचना जारी गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी पत्रअनुसार मुख्यमन्त्री कँडेलले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम साउन ९ गते साँझ ५ बजे लिखित राजीनामा दिएका थिए । उक्त राजीनामा सोही मितिदेखि लागू हुने गरी प्रदेश प्रमुखबाट स्वीकृत गरिएको पत्रमा उल्लेख छ ।

राजीनामा स्वीकृत भएसँगै संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको हो ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।