२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन भोलि

 

काठमाडौंः नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ भोलिदेखि औपचारिक रूपमा उद्घाटन गरिने भएको छ।  जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनाको कुल लागत करिव १९ अर्ब रुपैयाँ रहेको छ।

२०७६ साल कात्तिकको शिलान्यासदेखि निर्माण सम्पन्न हुँदासम्मको अवस्थामा सुरुङ मार्ग निर्माणमा विभिन्न बाधा व्यवधान भने नआएका होइनन् । काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङमार्ग करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको हो। 

२०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो  । कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुनपुग्यो।  

शिलान्यासको करिब ४ वर्षपछि २०८० साउन २२ मा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो। तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईं, नेपालका लागि जापानका राजदूत किकुता युतका, जाइका प्रमुखलगायतको उपस्थितिमा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु भएको थियो ।

‘रेस्क्यु टनेल’ ब्रेक थ्रु गरिँदा मुख्य सुरुङको ८२ प्रतिशत निर्माण भइसकेको थियो। त्यतिबेला मुख्य टनेलको ५ सय ६ मिटर खन्न बाँकी थियो। ‘रेस्क्यु टनेल’ ब्रेक थ्रुको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८१ असार ३ मा मुख्य टनेलको ब्रेक थ्रु गरेका थिए। मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ। यसबाहेक २.५५७ किलोमिटरको आपतकालीन सुरुङ छ। जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो। तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो। यसपछि जापानले फेरि ५ अर्ब ऋण सहायता थपिदिएको थियो। यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो।

सुरुङ भोलिदेखि सञ्चालनमा आउने भएपनि सबै सवारीले प्रवेश पाउने छैनन् । पहिलो दिन आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन्। त्यसपछि चरणबद्ध ढंगले अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौँ आउजाउ गर्न पाउने छन् । पैदलयात्री, दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन् ।

सुरुङ प्रयोग निशुल्क भने होइन। काठमाडौं भित्रिँदा र बाहिरिँदा कार भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ। मिनीबस, टिपरले भित्रिँदा १ सय १५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २ सय ६०, बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। यसबाहेक हेभी ट्रकले भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।