२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

अमेरिका–रुसको अन्तरिक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण

 

काठमाण्डौ। अमेरिका र रुसको संयुक्त अन्तरीक्ष टोली आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिनाभन्दा बढी समय बिताएपछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ । वाशिङ्टन र मस्कोबीच जारी राजनीतिक तनावका बाबजुद यो अभियान दुवै देशको अन्तरिक्ष सहकार्यको अर्को सफल उदाहरण बनेको छ ।

कजाखस्तानमा अवतरण

नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्भेर्चकोभ र सर्गेई मिखाएभ सोयुज एमएस–२८ अन्तरिक्ष यानमार्फत कजाखस्तानमा सुरक्षित अवतरण गरेका छन् । कुल २४१ दिनको अभियान पूरा गरेपछि ‘क्याप्सुल प्यारासुट’को सहायताले जेज्काजगनको दक्षिण–पूर्वस्थित निर्धारित क्षेत्रमा यान सफलतापूर्वक उत्रिएको थियो ।
तीनै अन्तरिक्ष यात्रीले करिब आठ महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा वैज्ञानिक अनुसन्धान, मर्मतसम्भार र अन्य सञ्चालनसम्बन्धी कार्य गरेका थिए । यो अभियान अन्तरिक्षमा अन्तर्राष्ट्रिय सहयोगको महत्वपूर्ण उदाहरण मानिन्छ ।
सुरक्षित अवतरणपछि उद्धार टोलीले अभियानमा संलग्न टोलीको स्वागत गरेको थियो । त्यसपछि अन्तरिक्ष यात्रीहरूलाई हेलिकोप्टरमार्फत कारागाण्डा लगिने बताइएको छ । त्यहाँबाट क्रिस विलियम्स नासाको जोन्सन स्पेस सेन्टर, ह्युस्टन जानुहुनेछ भने सर्गेई कुड–स्भेर्चकोभ र सर्गेई मिखाएभ रुसको स्टार सिटी फर्कनुहुनेछ ।
यो क्रिस विलियम्स र सर्गेई मिखाएभको पहिलो अन्तरिक्ष यात्रा थियो भने सर्गेई कुड–स्भेर्चकोभ दोस्रो पटक अन्तरिक्ष यात्रामा गएका थिए । 
 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।