२०८३ श्रावण १६ शनिबार
Search
२०८३ श्रावण १६ शनिबार

ड्रोन आक्रमणमा परी तेह्रथुमका तामाङको मृत्यु

 

साउदी : कुवेतको उत्तरी क्षेत्रमा इरानबाट भएको ड्रोन आक्रमणमा परी तेह्रथुमका एक नेपालीको मृत्यु भएको छ। कुवेतस्थित नेपाली राजदूतावासले सार्वजनिक गरेको आधिकारिक सूचनाअनुसार सन् २०२६ जुलाई ३० मा भएको ड्रोन आक्रमणमा तेह्रथुमका ४५ वर्षीय सोमकुमार तामाङको दुःखद निधन भएको हो ।

मृतक तामाङ तेह्रथुमको आठराई गाउँपालिका–६, चुहानडाँडा, हात्तिखर्क निवासी हुन्। उनी कुवेतमा सवारी चालकका रूपमा कार्यरत रहेको जनाइएको छ । घटनापछि कुवेतको परराष्ट्र मन्त्रालयले कुवेतस्थित नेपाली राजदूतावासलाई घटनाबारे आधिकारिक जानकारी गराएको दूतावासले जनाएको छ। प्राप्त जानकारीअनुसार  कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा तामाङको ज्यान गएको हो।

नेपाली राजदूतावासले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै मृतकको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइएको जनाएको छ।

दूतावासका अनुसार, पार्थिव शरीर नेपाल पठाउने सम्बन्धमा कुवेत सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको छ। आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि पार्थिव शरीर स्वदेश पठाइने जनाइएको छ। 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।