२०८३ श्रावण १८ सोमबार
Search
२०८३ श्रावण १८ सोमबार

पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त, पाइलटसहित सबै १३ जनाको मृत्यु

 

काठमाण्डौ :  युरोपेली पर्यटकलाई विश्वप्रसिद्ध नाज्का लाइन्स अवलोकन गराउन लैजाँदै गरेको एउटा विमान पेरुको नाज्का शहर बाहिरको खेतमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जनाको मृत्यु भएको छ । नाज्का नगर प्रशासनका अनुसार विमानले शनिबार नजिकैको इका शहरबाट उडान भरेको थियो ।

उक्त विमान पेरुको विमान सेवा कम्पनी एरोडियानाले सञ्चालन गरिरहेको थियो । कम्पनीले आफ्नो वेबसाइटमा विगत १४ वर्षदेखि सेस्ना ग्रान्ड क्याराभान विमानमार्फत पर्यटकलाई हवाई मार्गबाट ऐतिहासिक तथा पुरातात्विकस्थल नाज्का लाइन्स अवलोकन गराउँदै आएको जनाएको छ ।

पेरुको यातायात मन्त्रालयका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा १८ देखि ५४ वर्ष उमेरका ७ जना इटालीका नागरिक, ५२ वर्षका २ जना स्पेनका नागरिक तथा ७७ र ७८ वर्षका २ जना जर्मनीका नागरिक रहेका छन् । यसका साथै विमानका पाइलट अमेरिको सालाजार र सह–पाइलट इरेन्का गुआनिलो डेल कार्पियोको पनि दुर्घटनामा मृत्यु भएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।