२०८३ श्रावण १८ सोमबार
Search
२०८३ श्रावण १८ सोमबार

कैलाली प्रवेश गर्दा परिचय पत्र अनिवार्य

 

कैलाली श्रावण १७  : तराई मधेस क्षेत्रमा भएका पछिल्ला घटनाक्रमपछि जिल्ला प्रशासन कार्यालयले कैलालीका भारतीय सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरूले अनिवार्य रूपमा आधिकारिक परिचय पत्र देखाएर मात्रै प्रवेश गर्न पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको छ । 

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको अन्तर धार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेहरूले आधिकारिक परिचय पत्र अनिवार्य देखाएर मात्रै प्रवेश गर्नुपर्ने निर्णय गरेको हो ।

बैठकले जिल्लाभर धार्मिक तथा सामाजिक सद्भाव सुदृढ बनाउन स्थानीय तहसँग समन्वय गरी उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका तथा वडा तहमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन गर्ने निर्णय समेत गरेको हो ।

यस्तै, कुनै व्यक्ति वा संस्थाले अर्को धार्मिक समुदायको सम्मानमा आँच पुग्ने गरी बोलेर, लेखेर, संकेत गरेर वा सामाजिक सञ्जालमार्फत लाइक, सेयर तथा पोस्ट गरी धार्मिक सद्भाव बिगार्ने गतिविधि गरे तत्काल कानुनी कारबाही अघि बढाइने निर्णय पनि गरिएको छ ।

त्यसैगरी, कैलाली उद्योग वाणिज्य संघ धनगढीको अगुवाइमा शान्ति, सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न राजनीतिक दल, धार्मिक समुदाय, व्यावसायिक संघ–संस्था, सञ्चारकर्मी, नागरिक समाज तथा सर्वसाधारण नागरिकको सहभागितामा साउन १८ गते धनगढीमा ‘नागरिक सद्भाव र्‍याली’ आयोजना गर्ने निर्णय गरिएको छ ।

बैठकले कुनै एक धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने सभा, जुलुस वा र्‍याली सकेसम्म नगर्न आग्रह गरेको छ। अपरिहार्य अवस्थामा यस्ता कार्यक्रम गर्दा चर्को ध्वनि उपकरण प्रयोग नगर्न, अर्को धार्मिक समुदायको आस्था र सम्मानमा आँच पुग्ने गतिविधि नगर्न, हातहतियार, लाठी, भाला लगायतका सामग्री प्रयोग वा प्रदर्शन नगर्न तथा सार्वजनिक कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनलाई पूर्वसूचना दिई स्वीकृति लिनुपर्ने निर्णय गरिएको छ। साथै शान्ति–सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरिएको छ ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।