२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

सडकबाट खस्यो बस : सात यात्रुको मृत्यु, ११ जना घाइते

 

चम्बा जिल्ला भारत, साउन २३  : भारत हिमाचल प्रदेशको चम्बा जिल्लामा शनिबार बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । निजी बस चुराह विधानसभा क्षेत्रअन्तर्गत तिसा थाना क्षेत्रमा पर्ने बैरागढनजिकै चालुङ मोडमा दुर्घटनामा परेको हो ।

घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि पण्डित जवाहरलाल नेहरू राजकीय मेडिकल कलेज तथा अस्पताल चम्बामा रिफर गरिएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको छ । राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार दुर्घटना शनिबार बिहान करिब ७ बजेर १५ मिनेटमा भएको थियो । शर्माकोच नामक निजी बस बैरागढबाट चम्बातर्फ आउँदै गर्दा चालुङ मोड नजिकै दुर्घटनामा परेको हो । प्रारम्भिक जानकारीअनुसार बस सडकबाट पल्टिएर अर्को सडकमा पुगेको थियो ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।