२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

सुधार गृहमा एक जनाको मृत्यु

 

काठमाण्डौ,श्रावण २४ । भक्तपुरको सुधार गृहमा एक जना पुरूषको मृत्यु भएको छ।

आइतबार बिहान करिब ४ बजेतिर सूर्यविनायक नगरपालिका-१ सिरूटारमा रहेको एक सुधार गृहमा उपचाररत पुरूषको मृत्यु भएको हो। 

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक कार्कीका अनुसार मृतक सोही ठाउँका करिब ४२ वर्षीय उमेश खड्गी छन् । 

उनलाई मापसे लगायतको लत छोडाउनका लागि उत्साहित सुधार गृहमा लगिएको थियो । बिहान एक्कासी बिरामी भएपछि उनलाई मध्यपुर थिमी अस्पताल लगिएको डिएसपी कार्कीले बताए। ‘लत छुटाउनका लागि लगिएको थियो। त्यही बेला उनी बिरामी परी अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको छ। अनुसन्धान भइरहेको छ,’ उनले भने ।  घटना पछि आफन्त तथा परिवारले विरोध प्रदर्शन गरेका थिए।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।