२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

जंगल बीचमा ठूली दह

 

रुकुमपूर्व, २५ साउन । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाबाट दुरीको हिसावले नजिकै भए पनि लामो समयदेखि प्रचारप्रसारमा ओझेलमा परेको ठूली दह पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।

मुसिकोट नगरपालिका–७ साँखमा रहेको ठूली दह घना जंगल र हरियाली फाँटको बीचमा गमक्क परेर बसेको छ। वर्षायाममा कुहिरोले छिनछिनमै रंग फेरिरहँदा दह आसपासको दृश्य झनै मनमोहक देखिन्छ। २०७९ सालको स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले ठूली दहमै नगर सभा आयोजना गरेपछि यसको चर्चा बढ्न थालेको स्थानीय बताउँछन्।

ठूली दह स्थानीयका लागि पर्यटकीय गन्तव्य मात्रै होइन, धार्मिक आस्थाको केन्द्र पनि हो । लामो समय खडेरी परेमा दहमा पुगेर पूजा–पाठ गरी पानी मागे वर्षा हुने जनविश्वास रहेको मुसिकोट नगरपालिका–७ का वडाध्यक्ष एक्कबहादुर पाण्डे बताउँछन्।

‘ठूली दहलाई धार्मिक र पर्यटकीय दुवै हिसाबले महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास गरिरहेका छौँ,’ पाण्डेले भने । नगरपालिका र वडा कार्यालयले ठूली दहलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माण गरिरहेका छन्।

मध्यपहाडी लोकमार्गको बैरी दहदेखि ठूली दहसम्म पदमार्ग निर्माण गरिएको छ। बाटोमा पर्ने खोलामा पुल, ठाउँ–ठाउँमा प्रतीक्षालय र मार्ग पहिचानका लागि मार्किङ गरिएको छ।

दह क्षेत्रमा पिकनिक स्पट बनाइएको छ भने आकाशे पानी संकलन गरी खानेपानीको व्यवस्थापनसमेत गरिएको पाण्डेले बताए ।

प्राकृतिक सौन्दर्य, धार्मिक विश्वास र सहज पहुँचका कारण ठूली दहमा पर्यटकको चहलपहल बढ्दै गएको छ। स्थानीय उत्पादन, होमस्टे तथा अन्य पर्यटन व्यवसायसँग जोड्न सके ठूली दहले स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन सक्ने सम्भावना छ ।

 

 

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।