काठमाडौं,श्रावण २६ :सरकारले पोर्चुगल सरकारलाई नेपालमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कान्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको हो । मन्त्रिपरिष्द बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्रमन्त्रालयको सिफारिसमा सरकारले उक्त निर्णय गरेको हो । यसअघि सरकारले पोर्चुगल सरकारसँग काठमाडौंमा पोर्चुगलको दूतावास स्थापना गर्न आग्रह गर्दै आएको थियो। काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना भएपछि त्यहाँ रहेका नेपालीलाई सहज हुने भएको हो ।












