२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न ओली र प्रचण्डको निर्देशन

 

काठमाडौं,श्रावण २६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न निर्देशन दिएका छन् ।

सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा रहेका दलहरूको सिट संख्यालाई मुख्य आधार मानेर मन्त्रालय बाँडफाँट गर्न निर्देशन ओली र प्रचण्डको छ। 

गत साउन ९ गते एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि यस्तो आधार तय गरिएको हो ।

सहमति अनुसार मन्त्रालय बाँडफाँट गर्दा सम्बन्धित दलहरूको प्रदेशसभा सदस्य संख्याको अनुपातलाई आधार मानिनेछ। त्यस्तै मुख्यमन्त्री तथा प्रदेशसभाको सभामुखको जिम्मेवारीलाई समेत समग्र शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ।

मन्त्रालय छनोट गर्दा भने पालैपालो प्राथमिकता दिने व्यवस्था गरिएको छ। पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्ने र त्यसपछि दोस्रो मन्त्रालय मुख्यमन्त्री रहेको दलले छनोट गर्ने सहमतिमा उल्लेख छ।

त्यसपछि यही क्रम पालैपालो दोहोर्‍याउँदै सबै मन्त्रालयको बाँडफाँट गरिनेछ। यसरी प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँट गर्दा प्रदेशसभामा दलहरूको शक्ति सन्तुलन कायम गर्दै दुवै पक्षलाई समान र न्यायोचित अवसर दिने आधार तय गरिएको हो । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।