२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा ३ जनाको मृत्यु, २ जना घाइते

 

भालुबाङ्ग, श्रावण २८ : रोल्पाको थवाङ ५ कोतलबारामा अविरल बर्षापछि  बुधबार साँझ ७ : ३० बजे तिर माथी साजाङ र दाङसगाको बिच सेरोफेरो बाट  खसेको पहिरोले  तल कोतलबारामा  ६ घरगोठ पुरिँदा ३ जनाको मृत्यु भएको छ ।  दुई जना गम्भीर घाइते छन् ।

थवाङ गाउँपालिका-५ बोटलबारामा पहिरोले  कमलबहादुर पुन मगरको  घर लगायत  ६ वटा  घर गोठहरु पुरिएको प्रहरीले जनाएको छ ।

सूचना पाउना साथ इलाका प्रहरी कार्यालय उवा बाट सवा १० बजे पुगेर बेपत्ताको उद्धार कार्य सुरु गरेको थियो ।

पहिरोमा परी  मनरखि पुन , १८ वर्षीया शान्ति पुन मगर  र अन्दाजी ६० वर्षीया कमलबहादुर पुन मगरको मृत्यु भएको छ ।

,

प्रहरीका अनुसार उनीहरु पहिरोमा पुरिएर मृत अवस्थामा देखिएको छ। पहिरोबाट निकाल्न सक्ने अवस्था भने नरहेको रोल्पा प्रहरीले जनाएको छ ।

सोही पहिरोका कारण २२ वर्षीय  हिमाल पुन मगर र  २५ वर्षीय  सन्जय घर्ती मगरलाई गम्भीर अवस्थामा उद्धार गरिएको छ। उनीहरूलाई अस्पताल पठाउने तयारी भइ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार त्यहाँ थप मानिसहरु समेत घाइते तथा पहिरोले पुरिएको हुन सक्ने हुँदा खोजी कार्य जारी रहेको छ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार ३ जनाको मृत्यु, ९ जना बेपत्ता र २ जना गम्भीर घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ।

हालसम्म ९ जना अझै बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा ४० वर्षीया जुनकुमारी पुन मगर,९ वर्षीय असिम पुन मगर,६ वर्षीय अशोक पुन मगर,७५ वर्षीय डलबहादुर पुन मगर,८० वर्षीय अजम्बर पुन मगर,७८ वर्षीय बलबहादुर पुन मगर,७२ वर्षीय लिलबहादुर पुन मगर,७१ वर्षीया मनि पुन मगर,६७ वर्षीया हस्तकला रोका मगर रहेका छन् । 

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।