२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

कांग्रेसको १५औं महाधिवेशन: असोज १६-१९ को मिति यथावत

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि प्रस्तावित पूर्वनिर्धारित मितिलाई कायम राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिकामा केही परिमार्जन गर्ने विषयमा छलफल सुरु भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले सो जानकारी दिएका हुन् ।

तल्लो तहको कार्यतालिकामा हेरफेर हुने

महामन्त्री पौडेकाअनुसार आगामी असोज १६, १७, १८ र १९ गतेका लागि तय गरिएको केन्द्रीय महाधिवेशनको मिति परिवर्तन नहुने गरी त्यसभन्दा तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा सामान्य हेरफेर गर्ने’ बैठकमा छलफल भइरहेको छ ।

बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणको विषयले पनि प्राथमिकता पाएको छ । यसअघि ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरूले सदस्यता अद्यावधिक र वितरणका क्रममा देखिएका वस्तुगत स्थिति तथा समस्याहरू’आफ्नो धारणा र सुझाव राखिरहेका छन् ।

महामन्त्री पौडेलले भने ‘सदस्यता वितरण र अद्यावधिकको मुख्य कार्य सम्पन्न भइसकेको छ । अहिले सदस्यता सूचीमा सच्याउनुपर्ने प्राविधिक पक्ष, समावेश गर्न छुटेका विवरण र अन्य सांगठनिक विषयमा बैठक केन्द्रित छ ।’

बैठकमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताका अतिरिक्त कार्यसूचीमा समावेश गरिएका अन्य समसामयिक विषयमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उनले बताए ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।