२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

लुङ्ग्रीमा चट्याङ लागेर एक जनाको मृत्यु

 

सुलीचौर,श्रावण २९  : रोल्पाको लुङ्ग्री गाउँपालिका–१ खदरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार राति करिब ८:३० बजेको समयमा आफ्नै घरमा बसिरहेका लुङ्ग्री गाउँपालिका–१ खदर निवासी ५९ वर्षीय वीरबहादुर खत्रीलाई एक्कासी चट्याङ लागेको थियो।

चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि पाङ स्वास्थ्य चौकी लगिएको थियो । उपचारकै क्रममा राति करिब ९:०० बजे खत्रीको मृत्यु भएको हो । घटनाबारे प्रहरी चौकी किलाचौर, रोल्पामा जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले लालबिहानीलाई बताए ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।