२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

बाजुरा र जाजरकोटमा पहिरोले दुई घरमा क्षति, दुई जना घाइते, एक बेपत्ता

 

२९ साउन, काठमाडौं ।  जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ ।

जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको हो ।अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड समेत जाेखिममा परेकाे छ । वर्षा अझै निरन्तर भइरहेकाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा समेत जोखिम बढ्न सक्ने स्थानीयहरूले लालबिहानीलाई बताए भने बाजुरा मा पनि  लगातारको वर्षापछि आएको पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ ।

पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार २८ साउन बेलुकीदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको हो ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।