२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

नेपाली तीर्थयात्री सवार बस भारतकाे झारखण्डमा दुर्घटना

 

काठमाडौं , साउन २९ : भारतको झारखण्डमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

रौतहटबाट प्रसिद्ध धार्मिक स्थल बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन तथा पूजा-आजा गरी फर्किंदै गरेको तीर्थयात्री सवार बस झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै ट्रकसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परी ज्यान गुमाउने तीन जनामध्ये एक जना १० वर्षीय शिवम कुमार नाम गरेका बालक रहेका छन् । मृतक अन्य दुई जनाको भने पहिचान नभएका कारण अहिलेसम्म सनाखत हुन नसकेको  स्थानीय प्रहरीले जनाएको छ।

बसमा करिब ४५ जना तीर्थयात्री सवार रहेका थिए । जसमध्ये १० जनाकाे अवस्था निकै गम्भीर रहेको जनाइएको छ।  स्थानीय प्रशासन र प्रहरीको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गराएका छन्, भने घटनाबारे थप विवरण आउन बाँकी छ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।