२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

लुङ्ग्रीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया महिलाको मृत्यु

 

सुलीचौर, श्रावण ३१ : रोल्पाको लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार साउन ३० गते राति परेको अविरल वर्षाका कारण लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा पहिरो खसेर ७२ वर्षीया अम्मी गुरुङको घर पुरिएको हो ।

घरमा सुतिरहेको अवस्थामा माथिबाट एक्कासि पहिरो खसेपछि गुरुङ पुरिएकी थिइन्। घटनाको जानकारी साउन ३१ गते बिहान करिब ३ बजे प्रहरी चौकी किलाचौर रोल्पामा प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा खोज तथा उद्धार कार्य सुरु गरेको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएकी गुरुङको टाउकोको भाग मात्र देखिएको अवस्थामा उद्धारको प्रयास गरिएको थियो।

 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।