२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

विद्युतमा कर खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीले थाल्यो हस्ताक्षर अभियान

 

काठमाडौं,भदौ १  : उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको हो ।

काठमाडौंको माइतिघरमा हस्ताक्षर अभियान सुरु गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै कर लगाइएको भन्दै कर खारेज गर्न माग गरेका छन् । 

इन्डक्सन र चार्जिङ स्टेसनले ट्रान्सफर्मर लाइन पड्किन्छ भनी जिम्मेवार निकायबाट भ्रम फैलाइएको भन्दै उनले आपत्ति जनाए । अध्यक्ष घिसिङले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग व्यापक रुपमा बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा ७०–८० प्रतिशतसम्म भन्सार कर बढाएर पुनः पेट्रोल–डिजेल र ग्यास आयातलाई नै बढावा दिने गलत नीति सरकारले लिएको उल्लेख गरे ।

यस्तै उनले राईड सेयरिङ र २०/३० हजार कमाउने साधारण श्रमिकहरूमाथि करको भार थुपारिएको भन्दै गरे । घिसिङले शिक्षा र स्वास्थ्यमा लगाइएको भ्याट (कर) हटाएकोमा सरकारलाई धन्यवाद दिए । 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।