२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

काठमाण्डौ, भदौ ३ : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्।

सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ।

अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ । फेब्रुअरी २८ मा युद्ध सुरु हुनुअघिसम्म यो खुला अन्तर्राष्ट्रिय जलमार्गका रूपमा सञ्चालनमा थियो । ट्रम्पले केही दिनअघिदेखि नै यस जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने र नियन्त्रण कायम गर्ने विचार व्यक्त गर्दै आउनुभएको थियो भने इरानले उक्त मार्ग ‘इरानी नै रहने’ स्पष्ट पारिसकेको छ।

आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता ट्रम्पले क्यानडालाई अमेरिकी राज्य बनाउने, ग्रीनल्यान्ड र गाजा पट्टीमाथि नियन्त्रण लिने जस्ता विवादास्पद प्रस्तावहरू अघि सार्नुभएको भए पनि ती कार्यान्वयन भने भएका छैनन्। अर्कोतर्फ, इरानले जलमार्ग पुनः खोल्न र वार्तामा बस्नका लागि अमेरिकी नाकाबन्दी र तेल प्रतिबन्ध अन्त्य हुनुपर्ने, रोक्का सम्पत्ति फुकुवा गरिनुपर्ने तथा युद्धको क्षतिपूर्ति दिनुपर्ने सर्तहरू अघि सारेको छ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।