२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

सरकारको नेतृत्व लिन रवि लामिछानेलाई रामबहादुर थापाको सुझाव

 

काठमाडौं,भदौ ३ : नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले सरकारको नेतृत्व लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुझाव दिएका छन् ।  मुलुकमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीसहित सिंगो सरकार पुर्नगठन गर्न माग गर्दै थापाले यस्तो सुझाव दिएका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले मुलुकमा देखिएका गम्भीर समस्या समाधनका लागि सत्तारूढ दलका सभापतिको हैसियतले लामिछानेले पहलकदमी लिनुपर्ने बताए ।  प्रधानमन्त्री बालेन्द्र शाह जनता र संसदप्रति जवाफदेही नभएको थापाको आरोप छ । 

हत्या, आत्महत्या, आत्मदाह, झुट्टा मुद्दा, गैरकानुनी गिरफ्तारी र राज्य आतंकको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने थापाले बताए । सरकार संख्या र राज्यशक्तिको दम्भमा नभई संविधान, ऐन र कानुनको परिधिभित्र रहेर चल्नुपर्ने थापाको भनाई छ । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।