२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

भैरहवाबाट घाइते लिएर आएको हेलिकोप्टर धादिङमा फोर्स ल्यान्डिङ

धादिङ, भदौ ३ : भैरहवाबाट सडक दुर्घटनाका घाइतेलाई बोकेर काठमाडौँतर्फ आउँदै गरेको माउन्टेन एयरको हेलिकोप्टर धादिङमा फोर्स ल्यान्डिङ (आकस्मिक अवतरण) गरिएको छ। 

उडानका क्रममा मौसममा खराबी आएपछि सुरक्षालाई ध्यानमा राख्दै पाइलटले हेलिकोप्टर सुरक्षित अवतरण गराएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

माउन्टेन एयरको ‘एएन–एएलडी’ कलसाइन भएको उक्त हेलिकोप्टर धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित वडा कार्यालय नजिकैको चौरमा फोर्स ल्यान्ड गरिएको थियो ।
भैरहवामा भएको सडक दुर्घटनाका घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै गर्दा धादिङको आकाशमा मौसम प्रतिकूल बनेको थियो । मौसम खराब भएपछि केही समयका लागि गजुरीको खुल्ला चौरमा हेलिकोप्टर अवतरण गराइएको प्रहरीले जनाएको छ।
केही बेरको पर्खाइपछि मौसममा सुधार आएलगत्तै उक्त हेलिकोप्टर घाइतेहरूलाई लिएर काठमाडौँतर्फ उडिसकेको छ। प्रहरीका अनुसार हेलिकोप्टर सुरक्षित रूपमा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको छ।
 
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।